पूँजी बजारलाई राहत पुग्नेगरी मौद्रिक नीति आउँछ – गभर्नर अधिकारी

0
Shares

नेपाल राष्ट्र बैंकले कोरोना संक्रमण र लकडाउनका कारणले पूँजी बजारमा उत्पन्न समस्या समाधानका लागि गंभीरतापुर्वक गृहकार्य भईरहेको र बजारलाई राहत पुग्नेगरी आवश्यक कदम चाल्ने जनाएको छ ।

शेयर लगानीकर्ता दबाब समूहसहितका लगानीकर्ताहरुसँग असार ७ गते आफ्नै कार्यालयमा छलफल गर्दै गभर्नर महाप्रसाद अधिकारीले लगानीकर्ताको आत्मबल बढाउने र बजारलाई विस्वासमा लिने गरी राट्र बैंकले तत्कालै केही काम गर्ने र धेरै कुरा मौद्रिक नीतिमा समाबेश गरी ल्याउने प्रतिबद्धता ब्यक्त गरे ।

पूँजी बजारमा बैंक तथा बित्तीय संस्थाको ७० प्रतिशत भन्दा बढी हिस्सेदारी रहेको र कोराना संक्रमण तथा लकडाउनले ती कम्पनीहरुमा पार्ने प्रभावबाट शेयर बजारमा नकारात्मक असर पर्न नदिन राष्ट्र बैंक सचेत रहेको गभर्नर अधिकारीले बताएको छलफलमा सहभागी एक लगानीकर्ताले नोट बजारलाई जानकारी दिए।

मार्जिन कर्जाको सीमा बढाउने, कर्जाको ब्याज पूँजीकरण गर्ने वा तिर्ने समय सार्ने, शेयर कारोबारको विद्युतीय माध्यमबाट रकम हस्तान्तरणकोे सीमा बढाउने र मार्जिन कारोबारलाई सहजीकरण गर्ने बारेमा सकारात्मक निर्णय गर्ने आश्वाशन राष्ट्र बैंकले दिएको छ।

गभर्नर अधिकारीले धितोपत्र बोर्डले सिफारिस गरेका चार वटा कामहरुलाई कसरी सम्बोधन गर्ने भन्ने बारेमा गहन गृहकार्य भईरहेकाले त्यसबारे सकारात्मक प्रतिक्रिया सहितको राष्ट्र बैंकको धारणा आउने जानकारी दिए ।

लगानीकर्ताले नउठाएका पूँजी बजारलाई राहत पुग्ने र बिकास तथा बिस्तारका लागि सहयोग हुने खालका अरु कतिपय कुराहरुमा पनि राष्ट्र बैंकले अध्ययन गरिरहेको गभर्नरले जानकारी दिए ।