गुहेश्वरी मर्चेण्ट बैकिङ्ग एण्ड फाईनान्स एससीटी नेटवर्कमा आबद्ध

0
Shares

गुहेश्वरी मर्चेण्ट बैकिङ्ग एण्ड फाईनान्स लिमिटेड (GUFL)  स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटी) सँग आबद्ध भएको छ।

ग्राहकलार्ई विविध भुक्तानी उपकरण र डिजिटल भुक्तानीका सेवा उपलब्ध गराउने सम्बन्धमा फाइनान्सले असार ७ गते स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडसँग औपचारीक सम्झौता गरेको छ ।

सम्झौतामा एससिटीका तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत दिपेश मास्के गुहेश्वरी मर्चेण्ट बैकिङ्ग एण्ड फाईनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठले हस्ताक्षर गरेका छन्।

यसबाट गुहेश्वरी मर्चेण्ट बैकिङ्ग एण्ड फाईनान्स लिमिटेडका ग्राहकलाई विविध आवश्यकता बमोजिम छिटो÷छरितो, मितव्ययी र सरलढंगले बैकिङ्ग सेवा र सुविधाहरु प्राप्त हुनेछ ।

परम्परागत प्रणालीलाई विस्थापित गर्दै नगद रहित आधुनिक भुक्तानी प्रणालीको विकास र प्रवर्धन गर्ने स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडको लक्ष्य बमोजिम बैंक तथा वित्तीय संस्थाहरुलाई यस्ता सेवा र सुविधा उपलब्ध गराउदैं आएको छ ।

डिजिटल प्रविधिमा अभ्यस्त हुँदै गएका बैकिंङ्ग क्षेत्रका ग्राहकको बढ्दो आवश्यकता माग पूरा गर्न यस प्रकारका सहकार्य सहयोगी हुने अपेक्षा दुबै कम्पनीहरुको रहेको छ ।