लगानीका लागि रकम जोहो गर्नुहोस्, ३७ करोडको आईपीओ बिक्री गर्न बोर्डको अनुमति

0
Shares

नेपाल धितोपत्र बोर्डले लकडाउन खुकुलो भएसँगै भटाभट आईपीओ बिक्री गर्न अनुमति दिन थालेको छ। बोर्डले असार ७ गते आइतबार अजोड इन्स्योरेन्स र साधना लघुवित्तलाई गरि ३७ करोडको आईपीओ बिक्रीको अनुमति दिएको हो।

जसमध्ये अजोड इन्स्योरेन्सलाई ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता र ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको ७ लाख ७ हजार ८०० कित्ता रहेको छ। अजोड इन्स्योरेन्सले जारी पूँजीको ३० प्रतिशत र साधना लघुवित्तले ३२.५० प्रतिशत आईपीओ सर्वसाधारणमा बिक्री गर्न लागेका हुन्।

अजोड इन्स्योरेन्सले एनआईबिएल एस क्यापिटललाई आइपीओ निष्काशन तथा बिक्री प्रबन्धक तोकेको छ। आईपीओको शेयर प्रत्याभूति ग्लोबल आईएमई क्यापिटल र कुमारी क्यापिटलले गरेका छन् ।

इन्स्योरेन्सको हाल चुक्ता पूँजी ७० करोड र अधिकृत तथा जारी पूँजी १ छ। सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँड पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब अर्ब कायम हुनेछ।

अजोड इन्स्योरेन्सको आईपिओलाई केयर रेटिंङस नेपालले केयर एनपी आईपिओ ग्रेड ४ रेटिंङ दिएको छ। यसले कम्पनीको वित्तीय अवस्था औसतभन्दा कमजोर रहेको जनाउँछ।

उता साधना लघुवित्तले पनि ग्लोबल आइएमई क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धक तोकेको छ। लघुवित्तको आईपीओलाई इक्रा नेपाल लिमिटेडले इक्रा एनपी आईपीओ ग्रेड ४ रेटिङ दिएको छ ।