वैदेशिक रणनीतिक साझेदार भित्र्याएर नेप्सेको पुर्नसंरचना गर्न विज्ञको सुझाव

0
Shares

नेपाल धितोपत्र बोर्डले वैदेशिक रणनीतिक साझेदार भित्राउने गरी नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को पुर्नरसंरचना गर्नुपर्ने विज्ञहरुले सुझाव दिएका छन्।

धितोपत्र बोर्डको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा मार्फत नेप्सेको पुर्नरसंरचना गर्दा वैदेशिक रणनीतिक साझोदार भित्राउने गरी गर्नुपर्ने उनीहरुले बताएका हुन् । धितोपत्र बोर्डले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सुझाव संकलन गर्ने क्रममा नेप्सेको प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले विदेशी रणनीतिक साझेदार ल्याउने गरी नेप्सेको पूर्नसंरचना गर्नुपर्ने बताएका हुन्।

केही वर्ष अघि दक्षिण कारियाली स्टक एक्सचेञ्जलाई रणनीति साझेदारको रुपमा भित्र्याउने भन्दै सम्झौता गरिएको भएपनि त्यो प्रक्रिया बीचमै रोकिएको छ।पछिल्लो समयमा नेपाल राष्ट्र बैंकको नाममा रहेको शेयर निजी क्षेत्रका पब्लिक कम्पनीहरुले खरीद गरेको अवस्था छ । तर, अझै पनि केन्द्रीय बैंकको नेप्सेमा रहेको ३४.६० प्रतिशत शेयर पूरा बिक्री भएको छैन। नेप्सेमा रहेको राष्ट्र बैंकको करिब २० प्रतिशत शेयर कर्मचारी सञ्चय कोषले १० प्रतिशत, लक्ष्मी बैंक र प्रभु बैंकले ५-५ प्रतिशत खरिद गरेका हुन्।

सरकारले पनि पूँजी बजारमा ऋणपत्र बजारको विकास गर्नुपर्ने व्यवस्था आगामी आर्थिक वर्षको बजेटमा गरेको छ । हाल नेप्समो ऋणपत्रको कारोबारका लागि प्लेटफर्म बनिसकेको बताउँदै साउदले भने, “ऋणपत्रको बजारको विकासका लागि बोर्डले नेतृत्व गर्नुपर्छ।” वित्तीय डेरिभेटिभस्को कारोबारका लागि धितोपत्र बोर्डले नीति तथा कार्यक्रममा समावेश गर्न उपयुक्त भएको उनले सुझाव दिएका छन्।

साउदले धितोपत्रको सार्वजनिक निष्काशन गर्नुपूर्व सो धितोपत्रको सूचीकृत हुन उपयुक्त भए नभएको बारेमा नेप्सेको सिफारिस लिन उपयुक्त हुने धारणा राखेका थिए ।