गरिमा बैंकको यातायात व्यवसायीलाई राहत, “हायर पर्चेज” कर्जामा असार महिनाको पुरै ब्याज छुट

0
Shares

गरिमा विकास बैंक (GBBL) ले यात्रुवाहक सवारी साधन परियोजनामा सोही सवारीसाधन समेतको धितोमा प्रवाहित “हायर पर्चेज” शीर्षक कर्जामा असार महिनाको व्याज रकम राहत स्वरुप पुरै छुट दिने निर्णय गरेको छ।

नेपाल राष्ट्र बैंकको २०७७ बैशाख १६ गतेको निर्देशन बमोजिमको वैशाख, जेठ र असार महिनाको ब्याजदरमा २ प्रतिशत बिन्दु दरले दिइएको छुट बाहेक बैंकले उक्त छुट दिने घोषणा गरेको हो।

कोरोना भाईरस (कोभिड–१९) का कारण नेपाल सरकारले २०७६ चैत्र ११ गतेदेखि घोषणा गरेको देशव्यापी बन्दाबन्दीका कारण यात्रुवाहक सार्वजनिक यातायात क्षेत्रलाई अत्याधिक प्रभाव परेको अवस्था छ।

यसबाट कर्जा सुरक्षणको रुपमा सम्बन्धित सवारी साधन समेत धितो राखी विकास बैंकले यात्रूवाहक कालो नम्बर प्लेट र पर्यटकको सवारीका लागि प्रयोग हुने हरियो नम्बर प्लेटका सवारी साधन (बस, मिनीबस, माईक्रो बस, जिप र ट्याक्सी लगायत) खरिदका लागि प्रवाह गरेको हायर पर्चेज शीर्षकका कर्जा उपभोग गरेका सेवाग्राही (ऋणी) हरुलाई कर्जाको ब्याज तथा साँवा भुक्तानीमा असहज परिस्थितिलाई हेरेर बैंकले उक्त छुट दिने घोषणा गरेको हो।

सेवाग्राहीहरुले २०७७ आषाढ मसान्त भित्र गरिमा विकास बैंकको सम्बन्धित शाखा कार्यालयमा सम्पर्क गरी कर्जा नियमित गराई उक्त सुविधा लिन सक्नुहुनेछ।

कोभिड–१९ को महामारी तथा देशब्यापी लकडाउनका कारण अत्याधिक प्रभावित सर्वसाधारण यात्रु तथा पर्यटक वाहक सवारी साधन खरिदका लागि “हायर पर्चेज” शीर्षकमा कर्जा सुविधा उपभोग गर्नुहुने सेवाग्राहीहरुलाई प्रदान गर्न लागेको छुटले सम्बन्धित सेवाग्राहीहरुलाई थोरै भएपनि राहतको महशुस हुनेछ भन्ने विश्वास लिएको छु।