शेयर बजारमा उछाल, नेप्से ३३ अंक बढ्दा ७ कम्पनीको शेयरमूल्यमा सर्किट

0
Shares

शेयर बजारमा सोमबार उछाल आएको छ। नेप्से परिसूचक ३३.२७ अंक बढ्दा ७ कम्पनीको शेयरमूल्यमा सर्किट लागेको छ। ६ वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक र एक कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको हो।

यसदिन ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था, नेपाल पुनर्बीमा कम्पनी, सूर्योदय लघुवित्त, ग्रामीण विकास लघुवित्त, युनाइटेड इन्स्योरेन्स र स्वदेशी लघुवित्त वित्तीय संस्थाको शेयरमा सकारात्मक सर्किट ब्रेक लागेको हो । यी सबै कम्पनीको शेयरमूल्य ९.७० प्रतिशत धेरैले बढेको छ।

यसैगरि सिदार्थ इन्स्योरेन्स, आशा लघुवित्त, तारागाउँ रिजेन्सी होटल, ओरियन्टल होटलको शेयरमूल्य पनि ९ प्रतिशत बढीले वृद्धि भएको छ।

उता आजको बजारमा राधी विद्युत कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ। कम्पनीको शेयरमूल्य ९.८९ प्रतिशत अर्थात १८ रुपैयाँ घटेर १६४ रुपैयाँमा झरेको छ। यसैगरि बोर्टलर्स नेपाल तराई र देव विकास बैंकको शेयरमूल्य ५ प्रतिशत धेरैले घट्दा जोशी हाइड्रोपावर, विशाल बजार कम्पनी, खानीखोला हाइड्रोपावर, स्वाभिमान लघुवित्त, हिमालय उर्जा विकास कम्पनी, एक्सेल डेभलपमेन्ट बैंक र लक्ष्मी इक्वीटी फण्डको शेयरमूल्य घटेको छ।

दशौं ठूलो शेयरमूल्य घटेको लक्ष्मी इक्वीटी फण्डको २.५५ प्रतिशतले घटेर प्रतिइकाई ७.६५ रुपैयाँमा कारोबार भएको हो। शेयर बजारमा सुधार आएसँगै लगानीकर्ताको सम्पत्ति मापक समग्र बजार पूँजीकरण ४३ अर्ब ६४ करोड रुपैयाँले बढेर १७ खर्ब ३ अर्ब ४० करोड रुपैयाँ पुगेको छ।

आज कारोबारमा आएका १२ उप-समूहका परिसूचकमध्ये म्युचुअल फण्ड बाहेक सबै उपसमूहको परिसूचक हरियो बनेका छन्। पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै १४ करोड ५३ लाखको कारोबार भएको बजारमा कूल ९२ करोड ७८ लाख ४१ हजार रुपैयाँको शेयर खरीद बिक्री भए।यसदिन १७६ कम्पनीका २७ लाख लाख ३१ हजार ४९८ कित्ता शेयर १७ हजार ३८४ पटक खरीद बिक्रीमा आएको छ।

दिनभरमा नेप्से २.६३ प्रतिशतले बढेर १२९८.७३ बिन्दुमा पुगेर बन्द भएको छ।