एभरेष्ट बैंकको ४० करोड ३३ लाखको बोनश शेयर नेप्सेमा सूचीकृत

0
Shares

नेपाल स्टक एक्सचेञ्जमा एभरेष्ट बैंकको बोनश शेयर सूचीकृत भएको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गरेको शेयर कारोबारका लागि सूचीकृत भएको हो।

नेप्सेका अनुसार बैंकको ४० करोड ३३ लाख ४३ हजार १६७ रुपैयाँ बराबरको ४० लाख ३३ हजार ४३१.६७ कित्ता शेयर थपिएको हो। उक्त शेयर लगानीकर्ताको डिम्याट खातामा आएपछि किनबेच गर्न सकिनेछ।

गत पुसमा सम्पन्न बैंकको २५ औं वार्षिक साधारण सभाले गत आर्थिक वर्षको मुनाफाबाट ५ प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।

उक्त लाभांश पुस ३ गतेसम्म कायम शेयरधनीले पाउनेछन्। साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले पुस ४ गते बुक क्लोज गरेको थियो। बोनसपछि बैंकको चुक्ता पूँजी ८ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ।

प्रकाशित मिति: २३ असार २०७७, मंगलबार  १४ : १४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।