एनआईसी एशिया बैंकले साउन १ गतेपछि एकल अंकम ब्याजदर घटाउने भएको छ।
बैंकबाट प्रवाह भएका मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरूका साथै चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू उपभोग गरेका सम्पूर्ण ग्राहकहरूले असार मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण किस्ता तथा ब्याज रकम भुक्तानी गरेमा साउन १ गते पश्चात् ब्याजदर ९.९९ प्रतिशतमा कायम गरिने बैंकले जनाएको छ।
नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार २०७६ चैत्र मसान्तसम्म कायम ब्याजदर २ प्रतिशतले घटाई चालू आर्थिक वर्षको चौथो त्रयमासको ब्याज गणना गर्न जारी गरिएको निर्देशनको समेत बैंकले तत्काल कार्यान्वयनमा ल्याएको छ।
बैंकले आफ्नै प्रयासबाट ऋणीहरूले वैशाख तथा जेष्ठ महिनासम्ममा तिर्नुपर्ने सम्पूर्ण किस्ता वा ब्याज रकम क्रमशः वैशाख तथा जेष्ठ मसान्तभित्र पूर्ण रुपमा चुक्ता भुक्तान गरेमा सम्पूर्ण ब्याज रकममा थप १० प्रतिशत छुट तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुटको योजना ल्याएको थियो ।
बैंकले देशभर ३२६ शाखा कार्यालयहरू, ४६४ एटिएम, १०१ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखा रहित बैंकिङ्ग मार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंकको २१ लाख भन्दा बढी ग्राहक छन् ।










प्रतिक्रिया