शेयर बजारमा बुधबार दोहोरो अंकको गिरावट आएको छ। नेप्से १०.१३ अंकले घटेर १३२६.५३ बिन्दुमा झरेको छ। तीब्र उतारचढाव रहेको बजार साढे १२ बजेको समयमा उच्चतम बिन्दुमा पुगेर पुन गिरावट आउँदा ऋणात्मक भएर बन्द भएको हो।
आज १७९ कम्पनीका २९ लाख ७७ हजार ७०६ कित्ता शेयर १९ हजार ५४१ पटक खरीद बिक्री हुँदा कारोबार रकम १ अर्ब ७ करोड ८४ लाख ६२ हजार १४१ रुपैयाँ पुगेको छ।
बुधबार नेपाल पुनर्बीमा कम्पनीको मात्रै २५ करोड ५७ लाख ९९ हजार रुपैयाँको शेयर कारोबार भएको छ। कारोबारको सुरुवाति चरणमा शेयरमूल्य बढेर सर्किट लागेको कम्पनीको शेयरमूल्य ४.९६ प्रतिशतले बढेर बन्द भएको छ।
यस्तै नेपाल लाईफको ७ करोड १४ लाख रुपैयाँ, प्रभु बैंकको संस्थापक शेयर ६ करोड ३१ लाख, एनएमबि बैंक ४ करोड ४४ लाख, छिमेक लघुवित्तको ३ करोड ९१ लाख र हिमालयन डिष्टिलरीको ३ करोड २४ लाखको शेयर खरीद बिक्री भएको छ।
कारोबारमा आएका १२ उप-समूहका सूचकमध्ये ब्यापार, म्युचुअल फण्डको सूचक १ प्रतिशत धेरैले बढ्दा बाँकी १० वटै उपसमुहका सूचक राताम्मे भएका छन्। होटल समुहको सूचक सबैभन्दा धेरै २.७२ प्रतिशतले घटेको छ।
सूर्योदय लघुवित्तको शेयरमूल्य सबैभन्दा ९.८८ प्रतिशत अर्थात ७२ रुपैयाँ बढढेर ८०१ रुपैयाँ पुगेको छ। यस्तै आशा लघुवित्त, हिमालय जनरल इन्स्योरेन्स, तिनाउ मिसन डेभलपमेन्ट बैंक र कर्पोरेट डेभलपमेन्ट बैंकको पनि ५ प्रतिशतले शेयरमूल्य बढेको छ।
उता आज तारागाउँ होटलको शेयरमूल्य ६.९८ प्रतिशत अर्थात १५ रुपैयाँले घटेर प्रतिकित्ता २०० रुपैयाँमा झरेको छ। कालिका पावर, नेशनल हाइड्रोपावर, हाइड्रोइलोक्ट्रोसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, पोखरा फाइनान्सको शेयरमूल्य पनि ५ प्रतिशत धेरैले घटेको छ।
प्रतिक्रिया