सनराइज क्यापिटल लिमिटेड र सानिमा क्यापिटल लिमिटेडले आफ्ना ग्राहकहरुलाई हितग्राहीलाई डिम्याट खाता र मेरो शेयरको नवीकरण शुल्क तिर्न आग्रह गरेका छन्,
बिहीबार सूचना जारी गर्दै दुबै क्यापिटलले आर्थिक वर्ष २०७६/७७ सम्मको डिम्याट खाता सञ्चालन गरे वापतको वार्षिक शुल्क १०० रुपैयाँ र मेरो शेयर सञ्चालन वापतको वार्षिक ५० रुपैयाँ शुल्क भुक्तानी गर्न अनुरोध गरेका हुन्।
तोकिएको समयमा वार्षिक शुल्क भुक्तानी नगर्ने हितग्राहीको डिम्याट खाता रोक्का भई शेयर आवेदन तथा शेयर बिक्रीको विद्युतिय भुक्तानी गर्न नसकिने हुनाले समयमा नै खाता नवीकरण गर्न भनेका हुन्।
सनराइज क्यापिटलले सनराइज बैंकका शाखा कार्यालयहरुबाट र मोबाइल एप वा ई– सेवा, खल्ती, कन्केट आईपीएसबाट शुल्क भुक्तानी गर्न सकिने जनाएको छ।
उता सानिमा क्यापिटलले पनि सम्पूर्ण हितग्राहीलाई असार मसान्तभित्रमा नजिकैको सानिमा बैंकका शाखा कार्यालयहरुबाट ०१३५२१५००१९ खाता नम्बरमा भुक्तानी गर्न सकिने जनाएको छ । यस्तै मेरो शेयरको शूलक ०१३५२१५००४ खाता नम्बरमा बुझाउन सकिने बताइएको छ।










प्रतिक्रिया