प्रविधि र फेसनको सम्मिश्रण भिभो भी १९, स्मार्टफोन सार्वजनिक

0
Shares

भिभोले नेपाली बजारमा आफ्नो नयाँ उत्पादन भी १९ सार्वजनिक गरेको छ । जसमा ३२ प्लस आठ मेगापिक्सेलको सुपर वाइड एंगल डुअल फ्रन्ट क्यामेरा, सुपर एमोलेड फूल एचडी प्लस डिस्प्ले र अल्ट्रा ओ स्क्रीन डिजाइनमा छ ।

एक्ट्राअडिनरी सेल्फी क्यामेरा, कटिङ एज प्रविधियुक्त आएको भिभो भी १९ ले प्रयोगकर्तालाई मोबाइल प्रयोगको नवीनतम् अनुभव प्रदान गर्नेछ । ‘भिभो सधंै प्रयोगकर्ताको नयाँ आकांक्षाअनुसार नयाँ–नयाँ आविष्कारलाई बजारमा ल्याउँदै आएको छ । भी १९ पनि त्यसैको एउटा उपज हो । यसले नेपाली ग्राहकको चाहनालाई पूरा गर्नेछ । सेल्फीमा उद्योगकै नेतृत्वदायी प्रविधि, आकर्षक डिजाइन र उत्कृष्ट कार्यक्षमता भएका कारण यो फोन क्यामेरा र रमाइलो फिचर खोज्ने युवा पुस्ताका लागि एउटा उत्कृष्ट विकल्प हो ।

भी १९ ले युवा पुस्तामा एउटा नयाँ ट्रेन्ड सेट गर्न सफल हुनेछ’, भिभो मोबाइल नेपालले भनेको छ, ‘यसमा प्रयोग भएको क्यामेरा सेटिङले रातको समयमा लिइने फोटोग्राफीमा नयाँ आयाम दिनेछ ।’

भिभो भी १९ को अग्रभागमा प्रयोग भएको ३२ मेगापिक्सेलको मुख्य क्यामेरा र आठ मेगापिक्सेलको सुपर वाइड क्यामेराले प्रयोगकर्तालाई जस्तोसुकै समय र स्थानमा उत्कृष्ट सेल्फी लिन मद्दत गर्नेछ । अग्रभागमा प्रयोग भएको वाइड एंगल क्यामेराले १०५ डिग्रीसम्म सपोर्ट गर्छ । यसमा प्रयोग भएको एआई प्रविधिले स्वचालित रुपमा वाइड एंगलको फोरग्राउण्ड तथा ब्याकग्राउण्डलाई मिलाएर उत्कृष्ट फोटो निकाल्छ ।

भिभो भी १९ को पछाडिपट्टी चार वटा क्यामेरा (क्वाड क्यामेरा) रहेको छ । जसमा ४८ मेगापिक्सेलको मूख्य क्यामेरा, आठ मेगा पिक्सेलको सुपर वाइड–एंगल क्यामेरा, दुई मेगापिक्सेलको म्याक्रो क्यामेरा र दुई मेगापिक्सेलकै बुके क्यामेरा रहेको छ । फ्रन्ट क्यामेरामा जस्तै यसमा पनि अल्ट्रा स्टेवल भिडियो सिस्टम छ । एआई इमेज र भिडियो फिचर रहेको फोनमा एआई भिडियो फिल्टर, एआई भिडियो एडिटर र व्यावसायिक तगा सहज फोटो एडिटिङका लागि एआई इमेज म्याटिङ प्रविधि छ ।

फोनको अगाडि र पछाडि दुवै तर्फको क्यामेरामा नाइट फोटोग्राफीका लागि स्पेसल मोड उपलब्ध छ । अगाडिको क्यामेरामा लेयरमा आधारित ब्युटिफिकेसन, स्पेसल मार्जिन डी–न्वाइज र मल्टिपल एक्स्पोजर सहतिको सुपर नाइट सेल्फी मोड रहेको छ । जसले प्रयोगकर्तालाई आफैल चाहेअनुसार ब्याकग्राउण्ड परिवर्तन नगरी स्पष्ट र सुन्दर सेल्फी लिन सकिनेछ । त्यस्तै पछाडिपट्टी मल्टिफ्रेम स्क्रिनिङ, टेम्पोरल अलाइनमेन्ट र स्पेसल मार्जिन डी–न्वाइजयुक्त सुपर नाइट प्रोट्रेट मोडमार्फत रातको समयमा प्रयोगकर्ताले उच्च गुणस्तरीय फोटो खिच्न सक्नेछन् ।

भी १९ फोनमा ६.४४ इञ्चको सुपर एमोलेड एफएचडी प्लस अल्ट्रा ओ स्क्रीन राखिएको छ । यो स्क्रीन सुपेरियर ई थ्री ओएलईडी स्क्रीनबाट बनाइएको हो । यसले डीसीआई–पी थ्री कलर ग्यामुटलाई सपोर्ट गर्दछ । जसकारण यसको रंग एकदमै भाइब्रेन्ट छ । यसको डिस्प्लेमा भएको ब्राइटनेस अटो एडजस्टले ई थ्री ओएलईडीको तुलनामा ब्ल्यू लाइटलाई ४२ प्रतिशतभन्दा धेरै फिल्टर गर्नुका साथै परिवेशको प्रकाशको स्तर मिलाउने काम गर्छ ।