विजय लघुवित्त वित्तीय संस्था लिमिटेड (VLBS) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) बसन्तराज लम्सालको कार्यकाल आगामी ४ वर्षका लागि थप गरिएको छ।
लघुवित्त सञ्चालक समितिको असार २७ गते सम्पन्न बैठकले साउन १ गतेदेखि लागू हुने लम्सालको पदावधि आगामी ४ वर्षसम्मलाई थप गर्ने निर्णय गरेको हो। लम्सालको पदावधी असार मसान्तबाट सकिँदै थियो।
समय थप भएसँगै लम्सालले २०८१ साल असार मसान्तसम्म प्रमुख कार्यकारी अधिकृतका रुपमा यस विजय लघुवित्तको नेतृत्व सम्हाल्नेछन् । लम्साल नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष समेत हुन् ।
प्रतिक्रिया