साधना लघुवित्तको आईपीओ बाँडफाँड आज

0
Shares

साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर (आइपीओ) आज बेलुका ५ बजे बाँडफाँड हुने भएको छ।

लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार क्यापिटलको कार्यालय जमलमा बेलुका ५ बजे आईपीओ बाँडफाँड हुने भएको हो।

क्यापिटलले आइतबार प्रि-अलोटमेन्टपछि स्वीकृतिको लागि नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको थियो। बोर्डबाट आजै बाँडफाँडका लागि स्वीकृति पाएपछि बेलुका बाँडफाँडको मिति तय भएको हो।

आईपीओ उच्च आवेदन परेका कारण १४.४१ प्रतिशत आवेदकले मात्र शेयर पाउनेछन्। लघुवित्तको ६६ हजार १५२ जना आवेदकलाई १० कित्ताका दरले बाँडफाँड गर्न पुग्छ भने ३ लाख ८२ हजार आवेदकको हाल खाली हुने भएको छ।

आईपीओमा ४ लाख ५८ हजार ६४३ वटा आवेदन परेकोमा १० हजार ३१ वटा आवेदन रद्ध भएको छ। ४ लाख ४८ हजार ६१२ सदर आवेदन सदर भएको छ।

थप समाचारका लागि तलको लिङ्कमा पढ्नुहोस्:-

साधनाको आईपीओ तीन लाख ८२ हजार आवेदकले नपाउने

प्रकाशित मिति: २९ असार २०७७, सोमबार  ११ : २६ बजे