सोमबार एनआईसी एशिया लघुवित्त र सूर्योदय लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ। एनआईसी एशिया लघुवित्तको शेयर कारोबार खुलेको ७ मिनेटमा र सूर्योदय लघुवित्तको शेयरमूल्यमा ४० मिनेटमा सर्किट लागेको हो।
एनआईसी एशिया लघुवित्तको ४४० रुपैयाँ र सूर्योदय लघुवित्तको शेयरमूल्य बढेर प्रतिकित्ता १ हजार ६५ रुपैयाँ पुगेको छ।
कारोबारको दुई घण्टा अवधिमा एनआईसी एशिया लघुवित्तको ३७० कित्ता शेयर १ लाख ६२ हजार रुपैयाँ बराबरमा खरीद बिक्री भएको छ। यस्तै सूर्योदय लघुवित्तको ४ हजार ३४६ कित्ता शेयर ४५ लाख ७१ हजार ४९२ रुपैयाँमा कारोबार भएको छ।
यसैगरि मिथिला लघुवित्तको शेयरमूल्य पनि ९.१६ प्रतिशतले बढेर ८१० रुपैयाँ पुगेको छ।
प्रतिक्रिया