शेयर बजार परिसूचक नेप्से परिसूचक सकारात्मक भएर बन्द हुँदा सोमबार १ अर्ब ८ करोड ८७ लाख १६ हजार ११८ रुपैयाँको शेयर कारोबार भएको छ। यस्तै ६ कम्पनीको शेयरमूल्य बढेर कारात्मक सर्किट लागेको छ।
सोमबार १८४ कम्पनीका ३७ लाख ३३ हजार ५०५ कित्ता शेयर १५ हजार ४९१ कित्ता शेयर कारोबारमा आएका छन्। नेप्से २.१२ अंकले बढेर १३४२.४० बिन्दुमा पुगेको छ।
आजको बजारमा नेपाल सेवा लघुवित्त, एनआईसी एशिया लघुवित्त, सानिमा बैंक लिमिटेड डिबेञ्चर, गुँरास लघुवित्त, सूर्योदय लघुवित्त, मिथिला लघुवित्तको शेयरमूल्य ९ प्रतिशत धेरैले बढेर सर्किट लागेको छ। यस्तै नाडेप लघुवित्त, सानिमा इक्वीटी फण्ड, ग्रामीण विकास लघुवित्त, र राधी विद्युत कम्पनीको शेयरमूल्य पनि ७ प्रतिशतले बढेको हो।
आजको बजारबाट ओरियन्टल होेटलको शेयरमूल्य ६.१३ प्रतिशतले घट्दा सिन्धु विकास बैंक र घलेम्दी हाइड्रोपावरका लगानीकर्ताले पनि ५ प्रतिशत धेरैले गुमाएका छन्।
ग्लोबल आईएमई समुन्नत स्कीम १, युनिभर्सल पावर, पञ्चकन्या माई, मितेरी डेभलपमेन्ट बैंक, नेशनल हाइड्रोपावर, माउन्टेन हाइड्रोपावर र मञ्जुश्री फाइनान्सका लगानीकर्ताले आजको बजारमा साढे ३ प्रतिशत धेरैले गुमाएका छन्।
आज प्रभु बैंकको संस्थापक शेयर र नेपाल पुनर्बीमा कम्पनीको १० करोड बढीके शेयर कारोबार हुँदा नेपाल लाइफको ९ करोड ५१ लाख र हिमालयन डिष्टिलरीको ५ करोड ६८ लाख रुपैयाँको शेयर खरीद बिक्री भएका छन्।
एनआईसी एशिया बैंक, एनएमबि बैंक, छिमेक लघुवित्त, नबिल बैंक, साना किसान लघुवित्त र ग्रामीण विकास लघुवित्त पनि शीर्ष दश ठूलो कारोबार हुने कम्पनीमा समेटिएका छन्। दशौं ठूलो कारोबार भएको ग्रामीण विकास लघुवित्तको १ करोड ६६ लाख रुपैयाँको कारोबार हुँदा अन्यको सो भन्दा धेरैको शेयर खरीद बिक्री भयो।
आज कारोबारमा आएका १२ उपसमूहका सूचकमध्ये लघुवित्त २.२० र म्युचुअल फण्डको सूचक २.०४ प्रतिशतले बढ्दा ब्यापार सूचक १.९१ प्रतिशतले बढेको छ। बैंकिङ्ग, विकास बैंक, जलविद्युत, निर्जीबन बीमा र उत्पादनको सूचक पनि सामान्य बढेका छन्।
उता होटल सूचक आज सबैभन्दा धेरै १.१२ प्रतिशतले घट्दा वित्त, अन्य र जीबन बीमाको सूचक १ प्रतिशतभन्दा कमले घटेका छन्।
प्रतिक्रिया