
प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (PLIC) को बाह्रौँ वार्षिक साधारण सभाले शेयरधनीलाई २५ करोड ९ लाख ९२ हजार ४२२ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ।
अग्रवाल भवन, कमलपोखरी, काठमाडौँमा सोमबार सम्पन्न भएको इन्स्योरेन्सको सभाले आर्थिक वर्ष २०७४।०७५ सम्मको सञ्चित मूनाफाबाट हाल कायम चुक्ता पूँजीको १२.५ प्रतिशतका दरले बोनस शेयर र कर प्रयोजनका लागि १ करोड २३ लाख ३४ हजार ४४१ रूपैयाँ नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित पारित गरेको हो ।
साधारण सभाका लागि कम्पनीले असार १९ गते शेयरधनी दर्ता किताब बन्द गरेको थियो। यसअनुसार बुकक्लोजको अघिल्लो दिन (असार १८ गते) सम्म कायम शेयरधनीले मात्र बोनस पाउनेछन्।
त्यसैगरी, सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष आव २०७५।७६ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण स्वीकृत गरेको छ। यस्तै आव २०७६।७७ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक समेत तोकेको छ।
हाल २ अर्ब ७९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको १२।५ प्रतिशत बोनस वितरणपछि २ अर्ब २५ करोड रुपैयाँ पूँजी पुग्नेछ।










प्रतिक्रिया