नेपाल लाईफका कार्यवाहक सीइओमा सन्तोष प्रसाई

0
Shares

नेपाल लाईफ इन्स्योरेन्स कम्पनी (NLIC) मा साउन १ गतेबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सन्तोष प्रसाईलाई दिइएको छ ।

प्रमुख कार्यकारी अधिकृत विवेक झाको कार्यकाल समाप्ती भएसँगै उप–प्रमुख कार्यकारी अधिकृत प्रसाईले कार्यवाहक सिइओको जिम्मेवारी पाउनु भएको हो ।

असार ३१ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई कार्यवाहक सीइओको जिम्मेवारी दिएको हो ।

प्रसाई विगत ३ वर्षदेखि नेपाल लाइफ इन्स्योरेन्समा आवद्ध छन् । यसअघि उनले बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिमा ७ वर्षको लामो अनुभव संगालेका थिए।