यस साता करिब दुई करोड कित्ता शेयर सूचीकृत

0
Shares

नेपाल स्टक एक्सचेञ्जमा यस साताको बुधबार १ करोड ९१ लाख कित्ता शेयर सूचीकृत भएको छ।

एनएमबि बैंकमा विलय भएको ओम डेभलपमेन्ट बैंकको उक्त शेयर शेयर स्वाप रेसियो १०० बराबर ७६ अनुपातमा कायम गरि दोस्रो बजारमा कारोबारको लागि सूचीकरण गरिएको हो। बिहीबारदेखि नै उक्त शेयर नेप्सेमा कारोबार सुरु भएको छ।

नेपाल स्टक एक्सचेञ्जमा बिहीबार मात्रै एनएमबि बैंकको ११ करोड बढीको शेयर खरीद बिक्री भएको छ । ओमको १४ महिना र एनएमबि बैंकको साढे ५ महिना पश्चात शेयर कारोबार खुला भएकाले पनि बिहीबार एकैदिन सो दिनको कूल कारोबारको ३० प्रतिशत भन्दा धेरै कारोबार एनएमबि बैंकको भएको हो।

प्रकाशित मिति: २३ कात्तिक २०७६, शनिबार  १५ : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।