शेयर बजार वियरिस ट्रेण्डमा रहेपनि साताको शेयर बजारमा साल्ट ट्रेडिङ्ग कर्पोरेसनको शेयरमूल्य भने २०.८२ प्रतिशतले बढेको छ। कम्पनीको शेयर ६५८ मा खुला भएकोमा १३७ रुपैयाँले बढेर ७९५ रुपैयाँमा बन्द भएको हो।
यसैगरि ग्लोबल आईएमई समुन्नत योजना १ को १५.९४ प्रतिशत, ग्लोबल आईएमई लघुवित्तको ११.७६ प्रतिशत, नयाँ नेपाल लघुवित्तको १०.३९ प्रतिशत, एनआईसी एशिया गोथ फण्डको इकाईमूल्य १०.१२ प्रतिशतले बढेको छ ।
यसैगरि चिलिमे जलविद्युत कम्पनीको ६.१६ प्रतिशत, स्वरोजगार लघुवित्त ५.३१ प्रतिशत, फरवार्ड कम्युनिटी लघुवित्त ४.९८ प्रतिशत, नबिल इक्वीटी फण्ड ४.९८ प्रतिशत र लक्ष्मी भ्यालु फण्ड ४.५३ प्रतिशतले शेयरममूल्य बढदै उच्च कमाउने शिर्ष दश कम्पनीमा समेटिएका छन्।
उता यस साता सिनजी पावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य ११.११ प्रतिशतले घटेर ७२ रुपैयाँमा झरेको छ । दिब्यश्वरी हाइड्रो ९.२६प्रतिशत, मेगाा बैंक ८.४२ प्रतिशत, रसुवागढी हाइड्रो ७.५९ प्रतिशत, माउन्टेन हाइड्रो ७.४१ प्रतिशत, सिर्जना फाइनान्स ७.१८ प्रतिशत, आँखुखोला हाइड्रोपावर ७.०२ प्रतिशत, रिलायन्स फाइनान्स ६.८४ प्रतिशत र ओरियन्टल होटलको शेयरमूल्य ६.२८ प्रतिशत घटेको छ ।
यस साता नेप्से परिसूचक १४.१८ अंक अर्थात १.२४ प्रतिशतले घटेर ११३१.९९ बिन्दुमा कारोबार बन्द भएको छ।












प्रतिक्रिया