स्पर्स लघुवित्त लगायत तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Note Bazar ९पुष, २०७६, बुधबार / Dec 25, 2019 10:39:am

नेप्सेमा सूचीकृत तीन कम्पनीहरुको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारण सभा प्रयोजनका लागि स्पर्स लघुवित्त वित्तीय संस्था, नेपाल ल्यूब आयल र अरुण भ्याली हाइड्रोपावरले पुस १० गते बिहीबार बुकक्लोज गर्दैछन्।

जस अनुसार आज पुस ९ गते बुधबार सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले ती कम्पनीहरुको लाभांश प्राप्त गर्न सक्नेछन्।

स्पर्स लघुवित्तले हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनको लागि ०.६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव राखेर पुस २७ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ।

त्यसैगरी, नेपाल ल्यूब आयलले ३० प्रतिशत नगद लाभांश अनुमोदनका लागि पुस २३ गते २८ औं वार्षिक साधारण सभा आह्वान गरेको छ।

यस्तै, अरुण भ्यालीले पुस २३ गते बाईसौँ वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ। हाइड्रोले ७ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव रहेको छ।


Share on:


Comments