एशियन लाईफले दुई लाख २१ हजार कित्ता शेयर लिलामीमा ल्याउँदै

0
Shares

एशियन लाईफ इन्स्योरेन्सले दुई लाख २१ हजार ३५९ दशमलव ७३ कित्ता शेयर लिलामीमा ल्याउने भएको छ। कम्पनीले जारी गरेको चुक्ता पूँजीको ६० प्रतिशतमा सो परिमाणको हकप्रद बिक्री नभएपछि लिलामी बिक्रीमा ल्याउने भएको हो।

कम्पनीले दुई लाख १८ हजार ९३९ दशमलव ०३ कित्ता साधारण र दुई हजार ४२० दशमलव ७० कित्ता संस्थापक समूहको शेयर लिलामीमा ल्याउनेछ।
इन्स्योरेन्स कम्पनीको हकप्रदमा रितिपूर्वक आवेदन दिने १४ हजार ७८३ शेयरधनीलाई ७३ लाख १८ हजार ९९३ कित्ता शेयर जेठ २१ गते एशियन लाईफ इन्स्योरेन्सको सञ्चालक समितिले बाँडफाँड गरेको छ।

कम्पनीले २०७५ फागुन २१ गतेसम्म कायम शेयरधनीलाई लागि २०७५ चैत २६ देखि २०७६ बैशाख २९ गतेसम्म दश बराबर ६ कित्ता अनुपातमा कूल ७५ लाख ४० हजार ३५२ दशमलव ७३ कित्ता हकप्रद निष्काशन गरेको थियो।

धितोपत्रको दोस्रो बजारमा कम्पनीको शेयर प्रतिकित्ता ४०१ रुपैयाँमा कारोबार भएको छ। कम्पनीको संस्थापक शेयर पछिल्लो पटक २६२ रुपैयाँमा कारोबार भएको छ ।

हकभन्दा बढी माग गरि दरखास्त दिने शेयरधनीलाई बाँडफाँडमा नपरेको हकप्रद शेयर वापतको भुक्तानी जेठ २७ गते मंगलबारदेखि हकप्रद आवेदन बुझाएको स्थानबाट हुने इन्स्योरेन्सको शेयर बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलले जनाएको छ।

हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब २५ करोड ६७ लाख रुपैयाँ रहेको छ । हकप्रद पश्चात इन्स्योरेन्सको चुक्ता पूँजी दुई अर्ब एक करोड रुपैयाँ कायम हुनेछ । चालु आवको तेस्रो त्रैमासिक अवधिमा कम्पनीले पाँच करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरि प्रतिशेयर आम्दानी ५ रुपैयाँ ७७ पैसा कायम गरेको छ।

प्रकाशित मिति: २३ जेठ २०७६, बिहीबार  १९ : ५६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।