नेपाल इन्स्योरेन्सले प्रस्ताव गरेको ७.५ प्रतिशत बोनश सुरक्षित गर्ने आज (साउन २३ गते) अन्तिम दिन हो ।
नेपाल इन्स्योरेन्सले अघिल्लो वर्षको मुनाफाबाट घोषणा गरेको लाभांश पारित गर्न भदौ ८ गते साधारण सभा बोलाएका छ । इन्स्योरेन्सले बिहान ११ बजे एयरपोर्ट होटल सिनामंगल काठमाडौँमा साधारण सभा गर्ने भएको छ ।
भदौ ८ गते साधारण सभा डाकेको कम्पनीले शुक्रबार (साउन २४ गते) बुक क्लोज गर्दैछ । यसर्थ, बिहीबारसम्म कायम शेयरधनीले मात्र कम्पनीले वितरण गर्ने बोनस तथा सधारण सभामा भाग लिन पाउनेछन् ।
साधारण सभाले हाल कायम रहेको चुक्ता पूँजी १ अर्ब १ करोड ९१ लाख रुपैयाँको ७.५ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
साथै निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने, गाभिने वा प्राप्ती गर्ने सम्बन्धी विषयमा निर्णय गर्ने सम्पूण अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि पारित गर्ने जनाइएको छ । त्यस्तै, कम्पनीमा बाँकी कार्यकालका लागि नियुक्त संचालकहरुको अनुमोदन गर्नेछ ।
प्रतिक्रिया