सुनको भाउ तोलाको ७१ हजार ३ सय रुपैयाँ पुग्यो

0
Shares

नेपाली बजारमा सुुनको भाउ बढेर तोलाको ७१ हजार ३ सय रुपैयाँ पुगेको छ।

नेपाल सुनचाँदी महासंघका अनुसार बुधबार छापावला सुनको मूल्य ७१ हजार ३०० रुपैयाँमा काराबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

चीन-अमेरिका व्यापार युद्धपछि सुनको भाउ लगातार उकालो लागिरहेको छ। साथै डलरको भाउ समेत निरन्तर बढेकाले पनि सुनको भाउ बढ्न थालेको छ । यसअघि सुनको मुल्य बढेर ७१ हजार ५०० रुपैयाँसम्म पुगेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको भाउ तोलाको ८ सय ३० रुपैयाँ कायम भएको छ।

 

प्रकाशित मिति: ४ भदौ २०७६, बुधबार  १३ : ३९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।