सुरेन्द्र थापा
सेयर बजार परिसुचक निरन्तर घट्ने क्रमले सोमबार पनि निरन्तरता पाएको छ । आइतबार १२ अंकले घटेको नेप्से परिसूचक सोमबार ९ अंक भन्दा धेरैले घटेको हो ।
सरकारका मन्त्रीहरु परिवर्तन हुने हल्ला आएसंगै अर्थमन्त्री पनि फेरिने सक्ने अपेक्षा लगानीकर्तामा थियो । तर, सरकारका मन्त्रीहरु तत्काल परिवर्तन हुने सम्भावना नदेखिपछि सेयर लगानीकर्ता झनै निरास भएका हुन ।
घट्दो क्रममा देखिएको सेयर बजारमा लगानीकर्ताको मनोवल कमजोर हुदाँ सरकारले सकारात्मक रुपमा लिइदियोस भन्ने अपेक्षा लगानीकर्ताको हुन्छ । पछिल्लो समयमा अर्थमन्त्रीले सेयर बजारलाई सकारात्मक रुपमा नलिएको हुनाले पनि बजार निरन्तर घटेको लगानीकर्ताहरुको गुनासो छ ।
त्यसका साथै घट्दो बजारमा नयाँ लगानीकर्ता नआउने र सरकारोको सेयर बजार प्रतिको दृष्टिकोणका कारण पुराना लगानीकर्ता पनि बजार बाट बाहिरन खोजेको अवस्थाले बजार थप वियरीस ट्रेण्डको दवावमा परेको एक ब्रोकरले नोट बजारलाई बताए । घट्दो बजारमा अझै घट्ने त्रास लगानीकतामा हुने भएकाले नोक्सानी कम गर्न बिक्री खोज्दा बजार झन तल जाने गर्दछ ।
नेपालको सेयरबजारमा संस्थागत लगानीकर्ता भन्दा पनि व्यक्तिगत लगानीकर्ता धेरै भएको हुनाले पनि बजारको उतारचढावमा छिटो प्रभाव देखिन्छ । सानो सुचनाले पनि व्यक्तिगत लगानीकर्तालाइ खरिद वा बिक्री गर्न प्रेरित गर्ने भएकाले पनि बजार सूचक छिट्टै घट्ने वा वढ्ने हुन्छ ।
सोमबार सेयर बजार परिसूचक नेप्से कारोबार सुरु हुदाँ समान्य सुधार देखिपनि लामो समय टिक्न सकेन । कारोबार सुरु भएको केही समय देखि घट्दो क्रममा देखिएको नेप्से बन्द हुदाँसम्म निरन्तर घटिनै रह्यो । सोमबार करिब १२ अंकसम्मले घटेको नेप्से करोबारको अन्तिम समयमा घट्ने क्रममा समान्य कमी आएको थियो । कारोबार बन्द हुदाँसम्म ९.५४ अंकले घटेर नेप्से ११६८.९१ अंकमा झरेको छ । नेप्से संगै सेन्सेटिभ इन्डेक्स पनि १.७७ अंकले घटेको छ ।
सोमबार नेप्से परिसूचक संगै कारोबार रकममा पनि गिरावट आएको छ । सोमबार कारोबार रकम घटेर २९ करोडमा सिमित भएको छ ।
सोमबार नेप्सेमा कारोबार भएका ११४ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ भने २८ कम्पनीको सेयर मूल्यमा सुधार आएको छ । त्यसैगरी २१ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आउन सकेन । कारोबार भएका अधिकासं समूहगत परिसूचक घटेका छन ।
प्रतिक्रिया