सिंगटी हाइड्रोपावरले ४३ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले साधारण सेयर निष्कासन अनुमती माग गर्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । .jpg)
कम्पनीले एक सय रुपैयाँ अंकित दरमा ४३ करोड ५० लाख रुपैयाँ बराबरको ४३ लाख ५० हजार कित्ता शेयर सर्वसाधारणमा बिक्री अनुमतीका लागि धितोपत्र बोडृमा निवेदन दिएको हो । साधारण सेयर निष्काशनको लागि कम्पनीले भदौ २० गते बोर्डमा निवेदन दिएको हो । बोर्डबाट अनुमति पाएपछि कम्पनीले स्थानीय तथा सर्वसाधारणमा शेयर जारी गर्नेछ ।
सिंगटी हाइड्रोले कूल निष्काशनमा आउने साधारण सेयर मध्ये जलविद्युत आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि १४ लाख ५० हजार कित्ता र सर्वसाधारणका लागि २९ लाख कित्ता छुट्याएको छ । आयोजना प्रभावितका लागि छुट्याएको सेयर बिक्री नभएको खण्डमा त्यसलाइ पनि पुन सर्वसाधारणमा बिक्री गर्ने छ । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले सिंगटी हाइड्रो इनर्जीको साधारणसेयरलाय औसत भन्दा कम अवस्था जनाउने ग्रेड ४ रेटिङ दिएको छ ।
हाइड्रोपावरको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल रहेको छ । हाइड्रोपावर कम्पनी र क्यापिटलबीच आगामी असोजसम्ममा आईपीओ निष्काशन गर्ने सम्बन्धमा सम्झौता गरिसकेको छ ।
सिंगटी हाइड्रोपावरले दोलखाको सिंगटी खोलामा २५ मेगावट क्षमताको सिंगटी हाइड्रोपावर आयोजना निमार्ण गरिरहेको छ । निर्माणाधिन २५ मेगावाट क्षमताको यस जलविद्युत आयोजनाको निमार्णको काम अन्तिम चरणको रहेको छ । सिंगटी खोला प्राधिकरणसँग बढाबढ मूल्यमा प्रतिस्पर्धाबाट निजी क्षेत्रले लिएका ६ वटा ‘सुपर ६’ आयोजना अन्तर्गत पर्छ । आयोजनामा लाग्ने कुुल लगानी चार अर्ब ३३ करोडमध्ये आयोजनामा सिभिल बैंकको नेतृत्वमा १० वटा वाणिज्य बैंकले ७० प्रतिशत ऋण लगानी गरेका छन् ।
आयोजनाबाट उत्पादित विद्युुत सिंगटी बजार आसपासमा रहेको सबस्टेसनमार्फत केन्द्रीय प्रसारण लाइनमा जोडिनेछ । सिंगटीमा निर्माणाधीन सबस्टेसननजिकै भएका कारण आयोजनाले प्रसारणलाइन २ सय मिटर पनि निर्माण गर्नुपर्दैन ।










प्रतिक्रिया