रिलायन्स फाइनान्स र एभरेष्ट इन्स्योरेन्सको ९१ लाख कित्ता शेयर सूचीकृत

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा यस साता रिलायन्स फाइनान्सको बोनस र एभरेष्ट इन्स्योरेन्सको हकप्रद शेयर गरि ९१ लाख ११ हजार ३४९ कित्ता शेयर सूचीकृत भएको छ।

रिलायन्स फाइनान्सको ८ लाख ९१ हजार ८७४ दशमलव ३५ कित्ता बोनस शेयर र एभरेष्ट इन्स्योरेन्सको ८२ लाख १९ हजार ४७५ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो।

सूचीकृत शेयर सम्बन्धित शेयरधनीले धितापत्रको दोस्रो बजारमा खरीद बिक्री गर्न सक्नेछन्।

प्रकाशित मिति: ३ असाेज २०७६, शुक्रबार  १९ : १९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।