आइएमई जनरल इन्स्योरेन्स ‘एशियाज् मोस्ट ट्रष्टेड अवार्ड २०१९’ बाट सम्मानित

0
Shares

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडलाई अमेरिकाको इन्टरनेशनल ब्राण्ड कन्सल्टीङ कर्पोरेशन आईबिसिले ‘एशियाज् मोस्ट ट्रष्टेड अवार्ड २०१९’  बाट सम्मानित गरेको छ ।

बुधबार थाइल्याण्डको बैंककमा आयोजित कार्यक्रममा कम्पनीका संचालक समितिका अध्यक्ष हेम राज ढकाल तथा प्रमुख कार्यकारी अधिकृत युगेश भक्त बादे श्रेष्ठले उक्त सम्मान ग्रहण गरे ।

उक्त अवसरमा कम्पनीका अध्यक्ष हेमराज ढकालले आईबिसि लाई धन्यवाद दिंदै कम्पनीको उपलब्धिमा आ(आफनो क्षेत्रबाट सहयोग तथा साथ दिई महत्वपूर्ण योगदान पु¥याउनु हुने सम्पुर्ण ग्राहकबर्गहरु, शेयरधनीमहानुभावहरु, कर्मचारीहरु, नियामक निकायहरु, सम्पूर्ण सञ्चार जगत लगायत सबैमा कृतज्ञता सहित हार्दिक धन्यवाद ज्ञापन गरे ।

यस सम्मानबाट हामीलाई थप हौसला प्राप्त भएको र आगामी दिनमा सवै क्षेत्रबाट सदा झैं सहयोग प्राप्त भई नेपालको निर्जीवन बीमा क्षेत्रमा एक अग्रणी बीमा कम्पनीको रुपमा आइएमई जनरल इन्स्योरेन्स अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

साथै एशियाका विभिन्न देशहरुबाट १०० वटा भन्दा बढी संस्थाहरुको प्रमुख तथा प्रतिनिधिहरु सहभागि रहेको उक्त कार्यक्रममा मन्तव्य व्यक्त गर्दै अध्यक्ष ढकालले नेपाल सरकारले २०२० लाई बर्ष भरिनै नेपालले नेपाल भ्रमण बर्ष २०२० भव्य रुपमा मनाउने घोषणा गरिसकेको हुनाले २०२० मा नेपालको भ्रमण गर्न अनुरोध गरे ।

प्रकाशित मिति: २६ मंसिर २०७६, बिहीबार  ११ : ३६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।