लगतार आठ दिन देखि उकालो लाग्न थालेको शेयर बजारमा पछिल्लो दुई दिन लगातार दोहोरो अंकको सुधार देखिएको छ । बजारले सुधारको गतिलिन थालेपछि कारोबार रकममा समेत दैनिक बढोत्तरी आएको छ यसले बजारको वृद्धिलाई टिकाउ राख्ने अपेक्षा लगानीकर्ताको छ ।
अघिल्लो साताको मंगलबारदेखि बढ्न थालेको बजार यो साताको पछिल्लो दुई दिन लगातार दोहोरो अंकले बढेको छ । बुधबार दश अंक बढीले उकालो लागेको बजार विहीबार ११.१७ अंकले बढेर ११७२.२४ विन्दुमा पु्ुगेको छ । पछिल्ला आठ कारोबार दिनमा मात्रै नेप्से ६१ अंकले उकालो लागेको छ । 
बजार बढ्न थालेपछि शेयर बजारमा लगानीकर्ता प्रवेश गर्ने क्रममा पनि सुधार आएको छ जसका कारण दैनिक कारोबार रकममा पनि बढोत्तरी आउन थालेको छ ।
सूचकसँगै कारोबार रकममा वृद्धि हुनु बजारमा लागि राम्रो मानिन्छ । विहीबार १६८ कम्पनीको ७६ करोड ४० लाख बराबरको कारोबार भयो । कारोबार रकम बुधबारको तुलनामा २१ करोड बढी हो । स्वावलम्बन लघुवित्तको संस्थापक कारोबारले पनि कारोबार रकम बढाएको हो।
विहीबारको बजारमा बीमा कम्पनी र जलविद्युत कम्पनीका शेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । जसले गर्दा र्नीजीवन समूहको सूचक साढे सात प्रतिशत तथा जीवन बीमा समूहको सूचक ५ प्रतिशत भन्दा धेरैले उकालो लागेको छ । यस्तै जलविद्युत समूहको सूचक पनि तीन प्रतिशत बढीले उकालो लागेको छ । बीमा कम्पनीहरुले गत बर्षको लाभांश घोषणा गर्न बाँकी छा । ती कम्पनीले पनि आकर्षक लाभांश दिने अपेक्षा लगानीकर्तामा देखिन्छ । त्यसैले लगानीकर्ताहरु बीमा कम्पनीको शेयर खरिद गर्नतर्फ लागेका हुन् ।
यसदिन कारोबारमा आएका १२ सूमहमध्ये सात समूहका सूचक बढेका छन भने ५ समूहका सूचक ओरालो लागेका छन् । वाणिज्य बैंक, विकास बैंक, म्युचुअल फण्ड र वित्त कम्पनीका सूचक समेत सकारात्मक रहदा बजार बढ्न थप टेवा पु्गेको हो ।

यसदिन स्वाबलम्वन लघुवित्तको सबैभन्दा धेरै ८ करोड २८ लाख बराबरको संस्थापक शेयरको किनबेच भयो । डिप्रोक्स लघुवित्तको चार करोड बढीको कारोबार हुँदा एनएमबि बैंक र नेपाल लाइफको पनि ३ करोड बढीको कारोबार भयो ।
पछिल्ला दिनहरुमा अर्थतन्त्रका धेरै सुचकहरु सकारात्मक भएसंगै बैंकिङ क्षेत्रको ब्याजदर समेट घट्ने क्रममा रहेको हुनाले दिर्घकालीन रुपमा बजार फर्केको विश्लेषण गर्ने पनि उत्तिकै छन।
विहीबार नेप्सेमा कारोबार भएका कम्पनी मध्ये एघार कम्पनीको शेयर मूल्य झण्डै दश प्रतिशतले उकालो लागेको छ । ति मध्ये अधिकांस कम्पनी इन्स्योरेन्स कम्प्नी रहेका छन् । एभरेष्ट इन्स्योरेन्सको शेयर मूल्य सबैभन्दा धेरै दश प्रतिशतले उकालो लाग्यो । सूर्या लाइफ, हिमालयन जनरल इन्स्योरेन्स, सगरमाथा, आइएमई जनरल, नेपाल इन्स्योरेन्स तथा युनाइटेड इन्स्योरेन्स लगायतको शेयर मूल्य उच्च दरमा बढेको छ । यसदिन सबैभन्दा धेरै गराँस लघुवित्त र साल्ट्र ट्रडिङको शेयर मूल्य चार प्रतिशत बढीले घटेको छ ।











प्रतिक्रिया