
शेयर बजार परिसूचक मापक नेप्से ५.१५ अंकले बढेको छ। धेरै ब्रोकर कम्पनीहरुले कारोबारमा असहयोग गर्ने रणनीति अख्तियार गरेपनि नियामक निकायले शेयर बजार खोल्न निर्देशन दिएपश्चात बजारमा हरियाली छाएको हो।
यसबीचमा ५४ कम्पनीका २३ हजार ८७५ कित्ता शेयर ९५ लाख ७६ हजार रुपैयाँ बराबरमा खरीद बिक्री भएका छन्। कारोबारमा आएका होटल र विकास बैंक बाहेक अन्य आठ उपसमूहको सूचक बढेका छन्।
एनएमबि बैंकको सबैभन्दा उच्च २२ लाख बढीको शेयर कारोबार हुँदा नबिल बैंक, मुक्तिनाथ, नेपाल लाईफ, नेपाल बैंक र हिमालयन डिष्टिलरी शिर्ष कारोबार हुने पाँच कम्पनीमा परेका छन्।
तीन घण्टा अवधिमा सिभिल लघुवित्तको शेयरमूल्य ६ प्रतिशतले बढ्दा नेपाल इन्स्योरेन्सको शेयरमूल्य साढे ३ प्रतिशतले घटेको छ।












प्रतिक्रिया