पूँजीगत लाभकरलाई अन्तिम कर मानी गणना गर्ने ब्यवस्था मिलाइदिन अर्थमा बोर्डको पत्राचार

0
Shares

नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारको पूँजीगत लाभकरलाई अन्तिम कर मानी गणना गर्ने व्यवस्था मिलाउन अर्थ मन्त्रालयलाई पत्राचार गरेको छ।

बोर्डले धितोपत्र बजारमा लगानीकर्ताहरुले लामो समयदेखि तिर्दै आएको पूँजीगत लाभकरलाई अन्तिम करको रुपमा गणना गरिदिने व्यवस्थाका गर्दै हाल कायम रहेको द्विविधालाई स्पष्ट गरिदिन अनुरोध गर्दै पत्र लेखेको हो।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले नोटबजारसँग कुराकानीमा गर्दै लगानीकर्ताहरुले व्यक्तिगत रुपमा तिर्दै आएको ५ प्रतिशत र संस्थागत रुपमा तिर्दै आएको १० प्रतिशत पूँजीगत लाभकरलाई अन्तिम करको रुपमा गणना गरिदिने व्यवस्थाका लागि अर्थ मन्त्रालयमा अनुरोध गरिएको बताए।

बोर्डले कतिपय कर कार्यालयले उक्त करलाई अन्तिम कर मानी कर चुक्ता प्रमाणपत्र दिने गरेको र कतिपय कर कार्यालयले स्पष्ट व्यवस्थाको अभावमा सो पूँजीगत लाभकरलाई अन्तिम कर निर्धारण गर्ने नगरिएको गुनासाहरु लगानीकर्ताहरुबाट प्राप्त भएकोले सहजीकरण गरिदिन पत्रमा उल्लेख गरिएको छ।

  • ब्रोकर कमिसन घट्ने

यसैगरि नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले शेयर कारोबार खोल्नु अगाडि नै शेयर कारोबारमा हाल लाग्दै आएको ब्रोकर कमिशनदर घटाउने गृहकार्य भैरहेको बताएका छन्।

आवश्यक छलफलपछि घटेको ब्रोकर कमिशनदर सार्वजनिक हुने उनले बताए।

लगानीकर्ताका संगठनहरुले नेपालको ब्रोकर कमिसन बढी भएको भन्दै विद्यमान ०.६० प्रतिशत कमिशन दरलाई झानुपर्ने माग राख्दै आएका छन्।

अनलाईन कारोबार गर्नेहरुलाई लागि ०.२० प्रतिशत मात्र कमिशन दर लागू गर्नुपर्ने उनीहरुको भनाई छ।