अमेजनले जलवायु परिवर्तनविरूद्धको लडाईंमा दुई अर्ब डलर लगानी गर्ने

-नोटबजार संवाददाता।
१०असार, २०७७, बुधबार / Jun 24, 2020 06:37:am

जलवायु परिवर्तन विरूद्धको लडाईं अन्तर्गत कार्बन पुटप्रिन्ट घटाउने प्रयासमा सहयोगका लागि अमेजनले दुई अर्ब अमेरिकी डलर लगानी गर्ने प्रतिवद्धता जनाएको छ ।

“क्लाइमेट प्लेज फण्डले ‘शून्य कार्बनका रूपान्तरणका लागि धेरै क्षेत्रहरूमा विभिन्न संघसंस्थाले गरेको प्रयासमा अमेजनले सहकार्य गर्नेछ,” उक्त विश्व प्रसिद्ध कम्पनीले जनाएको छ ।

यो पहल कम्पनीहरूलाई आफ्नो कार्बन घटाउन र उत्पादन र सेवाहरूलाई दीगो बनाउन प्रतिवद्ध उद्यमी र नवप्रवर्तकहरूलाई प्रदान गरिने अमेजनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जेफ वेजोसले बताए ।

विश्वका सबै आकार र चरणका कम्पनी तथा फर्महरूलाई सहयोग उपलब्ध गराइने अमेजनले बताएको छ । भावी पुस्ताहरूका लागि पृथ्वीलाई जोगाउन शुन्य कार्बनको अभियानमा लगानी गरी जलवायु परिवर्तन नियन्त्रणमा सम्भावित पहलस्वरूप लगानी हुने कम्पनीले बताएको छ ।



Share on:


Comments