एनआरएन इन्फ्रास्ट्रक्चरको शेयरमूल्यमा ५ मिनेटमै सकारात्मक सर्किट, ३ लाख बढी कित्ता माग

0
Shares

प्राथमिक शेयर सूचीकरण भएर बुधबारदेखि कारोबारमा आएको एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको शेयरमूल्यमा दोस्रो दिन बिहीबार पनि बजार खुलेको ५ मिनेटमा नै सकारात्मक सर्किट लागेको छ।

कम्पनीको शेयर कारोबार खुलेको ५४ वटा कारोबारमा सकारात्मक सर्किट लागेको हो। पाँच मिनेट अवधिमा कम्पनीको १० हजार ९० कित्ता शेयर ३७ लाख १४ हजार रुपैयाँमा खरीद बिक्री भएको छ।

बेच्नेभन्दा किन्नेको संख्या धेरै भएकाले मार्केट डेफ्थमा बिक्रेता देखिएका छैनन् । बेच्नेहरुले धमाधम १० प्रतिशतले बढेको मूल्यमा शेयर बिक्री गरिरहेका छन् ।

कम्पनीको शेयरमूल्य ९.८२ प्रतिशत अर्थात ३३ रुपैयाँले बढेर ३६९ रुपैयाँ पुगेको छ । ३३६ रुपैयाँमा बुधबार बन्द भएकोमा ३५२ रुपैयाँमा आज पहिलो कारोबार खुलेको थियो।

एनआरएन इन्फ्रास्ट्रक्चरको शेयर आईपीओमा गोलाप्रथाबाट शेयर पाएका शेयरधनीले १० कित्ताको दरमा बिक्री गरेकाले १० कित्ता धेरै कारोबार भईरहेको छ । अधिकांश शेयर ब्रोकरहरुबाट मिश्रित रुपमा शेयर खरिद भईरहेको छ ।

३३ रुपैयाँले बढेको मूल्यमा १ हजार ४८९ वटा खरीद अर्डर बाट ३ लाख २४ हजार ३६३ कित्ता शेयर खरीद अर्डर प्लेस भएको छ । कुल १ हजार ५६८ वटा खरीद अर्डरबाट ३ लाख ७६ हजार ५६६ कित्ताको माग मार्केट डेप्थमा देखिन्छ। उच्च मागका कारण मार्केट डेप्थमा बिक्रीकर्ता भने शुन्य रहेको छ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।