बुधबार चारवटा सामूहिक लगानी कोष योजनाको इकाइमा लगानी गरी लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।
चारवटै फण्डले नगद लाभांश वितरण गर्नको लागि भदौ २५ गते बिहीबार लाभांश वितरण प्रयोजनका लागि ४ वटैले इकाइधनी किताब बन्द गर्दैछन् । यसअनुसार बुधबारसम्म इकाइ खरीद गरी कायम रहने इकाइधनीले मात्र लाभांश पाउनेछन्।
एनआइसी एशिया क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको एनआइसी एशिया ग्रोथ फण्ड र ब्यालेन्स फण्ड तथा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष नबिल ब्यालेन्स फण्ड २ र नबिल इक्वीटी फण्डको नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ।
आर्थिक वर्ष २०७६।०७७ बाट एनआइसी एशिया ग्रोथ फण्डका इकाईधनीहरूलाई कर सहित १२ प्रतिशत र एनआइसी एशिया ब्यालेन्स फण्डका इकाईधनीहरूलाई कर सहित ८ प्रतिशतका दरले लाभांश प्रस्ताव गरिएको छ ।
उता नबिल ब्यालेन्स फण्ड(२ का इकाईधनीहरूलाई आर्थिक वर्ष २०७६।०७७ बाट कर सहित ९ प्रतिशत (१० करोड ८ लाख रूपैयाँ) र नबिल इक्विटी फन्डका इकाईधनीहरूलाई कर सहित ६ प्रतिशत (७ करोड ५० लाख रूपैयाँ) लाभांश वितरण गर्ने प्रस्ताव रहेको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि नोटबजार डटकमको फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया