एनआरएन इन्फ्रास्टक्चरको शेयरमूल्यमा 'बाउन्स ब्याक'

✍️ नोटबजार संवाददाता।
काठमाण्डौं।
२५भाद्र, २०७७, बिहीबार / Sep 10, 2020 14:29:pm

गत भदौ १० गतेदेखि शेयर कारोबारमा आएको एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको पाँच नकारात्मक सर्किटपछि बिहीबार सकारात्मक बनेको छ ।  विगत चार कारोबार दिनमा नकारात्मक सर्किट मूल्यमा शेयरमूल्य घटेपछि बिहीबार पनि एक नकारात्मक सर्किट मूल्यमा झरेर कम्पनीको शेयरमूल्य बाउन्स ब्याक भएको हो ।

प्रतिकित्ता ३१९ रुपैयाँसम्म झरेको कम्पनीको शेयर २ बज्दासम्म २.८२ प्रतिशतले अर्थात १० रुपैयाँ बढेर ३६४ रुपैयाँ पुगेको छ । शेयरमूल्य झरेर तल्लो मूल्यमा आएपछि शेयर कारोबारीहरुले कम्पनीको शेयर फेरि उठाउन थालेका हुन् ।

एनआरएनको शेयर कर्नरिङले मूल्यमा तीब्र उतार-चढाव, यस्तो छ पूरा विवरण

मार्केट डेप्थमा ३६४ रुपैयाँ वा सो भन्दा कम मूल्यमा २८ हजार बढी कित्ता शेयर किन्नेतर्फ देखिँदा ३७० रुपैयाँमा १० कित्ता शेयर बिक्रीका लागि अर्डर प्लेसमेन्ट भएको देखिन्छ ।

मूल्य बढेसँगै कम्पनीको शेयर महङ्गो मूल्यमा उठाएका लगानीकर्ताहरु फेरि राहत महशुस गर्न थालेका छन् भने अर्कोतर्फ मूल्य बढ्छ र कमाई हुन्छ भन्ने लहडमा उच्च मूल्यमा शेयर किनेका सर्वसाधारण सोझा लगानीकर्ताहरुको पनि घाटा पनि कम भएको छ ।

एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको आईपीओ म्युचुअल फण्ड र कर्मचारीले समेत आरक्षण गरेको शेयर समेत खरीद गरेका थिएनन् । कम्पनीले कुल ३३ लाख ९८ हजार ४६ कित्ता साधारण शेयर निष्काशन गरेकोमा सामूहिक लगानी कोषलाई १ लाख ६९ हजार ९०२ कित्ता तथा कर्मचारीलाई ६७ हजार ९६१ किता शेयर छुट्याइएको थियो । बाँकी ३१ लाख ६० हजार १८३ कित्ता शेयर सर्वसाधारणमा बिक्री खुल्ला गरिएको थियो ।

तीन वटा फण्डहरुले यो कम्पनीको एक लाख ७० हजार कित्ता खरीद गरेका थिए भने कर्मचारीका लागि सुरक्षित गरिएकोमध्ये ४५ हजार ९५७ कित्ता शेयर बिक्री हुन नसकेपछि सो शेयर समेत थप गरी सर्वसाधारणमा ३२ लाख ६ हजार १४० कित्ता शेयर बाँडफाँड गरिएको हो। आईपीओ गत साउन २७ गते बाँडफाँड गरिएको शेयर ३ लाख २० हजार ६१४ जनाले १० कित्ताका दरले प्राप्त गरेका थिए ।

भदौ ९ गते मंगलबार नेप्सेमा सूचीकृत भएको यस कम्पनीको शेयरले प्रतिकित्ता १०२ रुपैयाँ ६ पैसादेखि ३०६ रुपैयाँ १८ पैसासम्मको ओपनिङ्ग रेञ्ज पाएको थियो। र यो कम्पनीको शेयर किनबेच भदौ १० गतेबाट सुरु भएको हो । कारोबारको पहिलो दिनमा कम्पनीको ६२ हजार ६३७ कित्ता शेयर प्रतिकित्ता ३०६ रुपैयाँदेखि ३३६ रुपैयाँसम्म कारोबार भयो । कारोबार खुलेको पहिलो दिनमै सामान्य लगानीकर्ताले यो कम्पनीको शेयर बिक्रीमा जोड दिए ।

यस्तै दोस्रो दिन कम्पनीको शेयरमूल्य थप १० प्रतिशत बढेर प्रतिकित्ता ३६९ रुपैयाँसम्म पुग्यो । यो दिन २८ हजार ५५० कित्ता शेयर बिक्री भयो । कम्पनीको हरेक दिन प्रि-ओपनिङ सेसनमा नै मूल्य बढाउन थालियो । तेस्रो कारोबार दिन १० प्रतिशले बढेर प्रतिकित्ता ४०५ रुपैयाँसम्मा २ लाख ९७ हजार १६२ कित्ता कारोबार भयो । यसैगरी चौथो, पाँचौ र छठौं दिनसम्म १० प्रतिशतका दरले शेयरमूल्य बढाएर कारोबार भएको छ ।

सातौं दिनपनि प्रि-ओपनिङमा ५ प्रतिशतले मूल्य बढाएर प्रतिकित्ता ५९० कित्ता पुर्याएपछि कम्पनीको शेयर बिक्रीमा चाप पर्यो र निरन्तर मूल्य घटेन थाल्यो । पहिलो, दोस्रो र तेस्रो दिन शेयर किनेकाहरुको डिम्याट खातामा शेयर आएपछि बिक्री चाप बढ्यो र बजार घट्दै गयो ।

कतिपय अल्पकालीन लगानीकर्ताले यसलाई अवसरका रुपमा लिए । तर शेयर कर्नरिङ र पम्प एण्ड डम्पमा लाग्नेहरु शेयर बेच्न हतारिँदा कम्पनीको शेयर मूल्य सातौं, आठौं, नवौं र दशौं कारोबार दिन लगातार दश प्रतिशतका दरले घटेर प्रतिकित्ता ३५४ रुपैयाँमा झरेको थियो ।
यसअघि चार दिनसम्म हरेक दिनजसो मार्केट डेप्थमा कम्पनीको नकारात्मक सर्किट मूल्यमा बिक्रेताको चाप उच्च रहेकोमा अब भने खरीद चाप बढ्न थालेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि नोटबजार डटकमको फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments