जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण शेयर (आईपीओ) आज बाँडफाँड हुने भएको छ ।
जनरल इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल मंगलबार विहान साढे १० बजे फेसबुक लाइभमार्फत आईपीओ बाँडफाँड गर्ने नोटबजारलाई जानकारी दिएको छ ।
क्यापिटलका अनुसार आईपीओ बाँडफाँडको लागि आइतबार ’प्रि अलोटमेन्ट’ सम्पन्न गरेको छ । सोमबार बोर्डको स्वीकृति पश्चात मंगलबार आईपीओ बाँडफाँड हुन लागको हो ।
बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडको अनुसार मंगलबार १०:३० बजे क्यापिटलको हलमा बाँडफाँडको हुनेछ ।
कम्पनीले असोज ११ गतेदेखि असोज १४ गतेसम्म १०० रुपैयाँ अंकित दरमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता साधारण शेयर (आईपिओ) निष्काशन तथा बिक्री खुल्ला गरेको थियो । जसमध्ये १ लाख २० हजार कित्ता संस्थाका कर्मचारीलाई, १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी २७ लाख ३० हजार कित्ता सर्वसाधारणको लागि निष्काशन गरेको हो ।
धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार कम्पनीको आईपीओ २ लाख ७३ हजार जनाले गोलाप्रथाबाट १० कित्ताको दरले पाउनेछन् भने बाँकी आवेदकको हात खाली हुनेछ ।
कम्पनीको आईपीओमा ८ लाख २० हजार ४०० बढीले आवेदन गरेका छन् । यसअनुसार कम्पनीको आईपीओ ५ लाख ४७ हजार ४०० बढीले नपाउने देखिन्छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया