जनरल इन्स्योरेन्सको आईपीओ रिजल्ट नोटबजारमा हेर्नुहोस्

0
Shares

जनरल इन्स्योरेन्सको प्राथमिक शेयर (आईपीओ) बाँडफाँडको नतिजा नोटबजारमा प्रकाशन भएको छ।

मंगलबार बाँडफाँड भएको कम्पनीको आईपीओ शेयर २ लाख ७३ हजार आवेदकले गोलाप्रथाबाट १० कित्ताका दरले हात पारेका छन् । ५ लाख २३ हजार ७३४ आवेदकको हात खाली भएको छ ।

आईपीओ नतिजाका लागि नोटबजार डटकमको गृहपृष्ठको शीर्षस्थानको अन्तिम दोस्रो स्थानमा रहेको आईपीओ (IPO Result) रिजल्टमा जानुहोस्। त्यसपश्चात १६ अंकको हितग्राही खाता (डिम्याट) लेखी सर्च बटनमा क्लिक गरेर आफुलाई आईपीओ पर्यो कि परेन हेर्न सकिन्छ ।

बिक्री प्रबन्धकले आवेदकको नाम र आवेदन गरिएको शेयर संख्या (कित्ता) तथ्याङ्क उपलब्ध नगराएकाले आवेदन कित्ताको स्थानमा पनि अलटमेन्ट कित्ता नै राखेर नतिजा प्रकाशन गरिएको छ ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालयमा बिहान साढे १० बजे आईपीओ बाँडफाँड भएको थियो ।

जनरल इन्स्योरेन्सको आईपीओमा कुल ७ लाख ९६ हजार ७३४ जना आवेदकबाट २ करोड १४ लाख ५९ हजार ३७० कित्ता शेयरको लागि आवेदन परेका थियो । जसमा २ हजार १८८ जना आवेदकबाट परेको ४८ हजार ६४० कित्ता शेयरको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।

कम्पनीले असोज ११ गतेदेखि १४ गतेसम्म १०० रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्काशन गरेको थियो ।

कम्पनीले निष्काशन गरेको कुल शेयरमध्ये १ लाख २० हजार कित्ता संस्थाका कर्मचारी र १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि छुटयाइएको थियो। सर्वसाधारणले बाँकी २७ लाख ३० हजार कित्ता शेयरका लागि आवेदन दिएका थिए ।

हाल कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ छ। आइपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब रुपैयाँ पुग्नेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।