बिहीबार मात्र आईपीओ निष्काशन बन्द भएको माउण्टेन इनर्जी नेपाल लिमिटेडले शेयर रजिष्ट्रार चयन गरेको छ । माउण्टेनले एनआईबिएल एस क्यापिटललाई शेयर रजिष्ट्रार चयन गरेको हो ।
माउण्टेन इनर्जी र एनआईबिएल एस क्यापिटलबीच बिहीबार शेयर रजिष्ट्रार नियुक्ति सम्बन्धि सम्झौतापत्रमा हस्ताक्ष्मर भएको छ ।
उक्त सम्झौतामा माउण्टेन इनर्जीका तर्फबाट सञ्चालक डोलराज शर्मा र एनआइबीएल एस क्यापिटलका नायब प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापाले हस्ताक्षर गरेका छन् ।
शेयर रजिष्ट्रार चयन भएसँगै अब एनआईबिएल एस क्यापिटलले माउण्टेन इनर्जीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नेछ ।
कम्पनीको धितोपत्रहरु बाँडफाँड भई सूचीकरण हुन बाँकी रहेको सन्दर्भमा सीडीएस एण्ड क्लियरिङ लिमिटेडमा अभौतिकीकरण तथा नेपाल स्टक एक्सचेज लिमिटेडमा सूचीकरण भएपछि लगानीकर्ताको हितग्राही खातामा शेयर जम्मा गर्ने काम समेत एनआइबीएल एस क्यापिटल मार्फत नै हुनेछ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया