सनराइज बैंकको लाभांश पाउन सोमबारसम्म शेयरधनी हुन आवश्यक

0
Shares

सनराइज बैंक (SRBL) को गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्न प्रस्ताव गरिएको लाभांश पाउन सोमबारसम्म शेयरधनी बन्नुपर्ने भएको छ ।

बैंक सञ्चालक समितिले पुस २४ गते आह्वान गरेको साधारण सभा तथा लाभांश प्रयोजनका लागि पुस ७ गते मंगलबारदेखि शेयर दाखिला खारेजी (बुकक्लोज) गर्ने मिति तोकेको छ ।

यसअनुसार बुकक्लोजको अघिल्लो दिनसम्म कायम रहने शेयरधनीले मात्र सम्बन्धित कम्पनीको लाभांश पाउन र साधारण सभामा प्रतिनिधित्व जनाउन सक्नेछन् । सोही अनुसार सोमबारसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहने लगानीकर्ताले मात्र लाभांश पाउने हुनाले लाभांश खान सोमबारसम्म शेयरधनी कायम भैसकेको हुनुपर्नेछ ।

नेप्सेमा बैंकको पुस ५ गते आइतबार प्रतिकित्ता २५१ रुपैयाँमा खरीद बिक्री भएको छ ।

बैंकको वार्षिक साधारण सभाले चुक्ता पूँजीको ५.८० प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर सहित २.४८ प्रतिशत नगद लाभांश वितरण गर्ने लगायतका अन्य प्रस्तावहरु उपर छलफल गरी पारित गर्नेछ ।

बैंकले पुस २४ गते शुक्रबार आम्रपाली ब्याङ्क्वेट, बालुवाटारमा बिहान १० बजे बैंकको १३ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।