हिमालयन जनरल इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।
इन्स्योरेन्सको पुस १५ गते मंगलबार बसेको २४७ औं बैठकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस र कर सहित ५.५ प्रतिशत नगद लाभांश गरी कूल १०.५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो
प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति पछि इन्स्योरेन्सको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीलाई वितरण हुनेछ ।
हाल एक अर्ब २ करोड ७२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सले ५ प्रतिशत अर्थात ५ करोड १३ लाख ६० हजार रुपैयाँ बराबरको बोनस वितरण गरेपछि चुक्ता पूँजी एक अर्ब ८ करोड रुपैयाँ पुग्नेछ।
प्रतिक्रिया