सनराइज बैंकको ४३ औं शाखारहित बैंकिङ्ग सेवा ओखलढुङ्गाको मोलुङमा

0
Shares

सनराइज बैंकले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु¥याउँदै जाने उद्धेश्यका साथ ओखलढुङ्गाको मोलुङमा ४३ औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । 

मंगलबार आयोजित एक कार्यक्रममा शाखारहित बैंकिङ्ग सेवाको एजेन्ट/प्रतिनिधि गोपाल तामाङ्गलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गर्दै मोलुङ गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष रामकाजी तामाङ्ग तथा बैंकका प्रदेश १ का प्रतिनिधी पुर्ण बहादुर थापाले संयुक्त रुपमा शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गरे ।

हालसम्म सनराइज बैंकले १२९ वटा शाखा,४३ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४९ वटा ए.टि.एम मार्फत आफ्ना ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि बैकिङ्ग सेवा संचालन गर्दैजाने योजना रहेको जनाएको छ ।

प्रकाशित मिति: १६ पुस २०७६, बुधबार  ११ : २३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।