माछापुच्छ्रे बैंकले अंग्रेजी नयाँ बर्ष २०२० को उपलक्ष्यमा आफ्ना ग्राहकहरुलाई लक्षित गरि डेबिट तथा क्रेडिट कार्डमा ५ सय रुपैयाँ सम्मको क्यासव्याक अफर ल्याएको छ ।
बैंकले नेपाल भित्र बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरि विभिन्न बस्तु तथा सेवा खरिद गर्दा ५०० क्यास व्याक दिने योजना सार्वजनिक गरेको हो । उक्त योेजना अनुसार ग्राहकमहानुभावले माछापुच्छ्रे बैंकको कार्ड प्रयोग गरि पिओएस मेसिनमा कम्तीमा ५०० बराबरको ३ वटा छुट्टाछुट्टै कारोबार गरेपछि ५०० फिर्ता पाउनेछन् ।
त्यस्तै गरी विभिन्न इकमर्स साईटहरु जस्तै दराज, सस्तो डिल, रिचार्जर, ईसेवा पसल लगायतका अनलाईन सपिङ्ग साईटहरुबाट सामान खरिद गर्दा कम्तीमा ५०० बराबरको ३ वटा छुट्टाछुट्टै कारोबार कार्डबाट भुक्तानी गरि, प्रत्येक महिना ५०० क्यास व्याक सुविधा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
माछापुच्छ्रे बैंकले भिषाको सहकार्यमा २०२० जनवरी र फेब्रवरी महिनाको लागि उक्त अफर संचालनमा ल्याएको हो ।
प्रतिक्रिया