रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२, नेपाल र भुटानको आयोजनामा १२ औँ रोट्रयाक्ट डिस्ट्रिक्ट कन्फरेन्स सम्पन्न भएको छ । रोट्रयाक्टले आयोजना गर्ने वार्षिक कार्यक्रम अन्तर्गत १२औँ रोट्रयाक्ट डिस्ट्रिक्ट कन्फरेन्स भएको हो।
‘युवामा लगानी’ (इन्भेष्टिंग इन युथ) विषयको सेरोफेरोमा रहेर सम्मेलनमा छलफल गरिएको थियो । विभिन्न क्षेत्रमा सफल भएका व्यक्तिहरुलाई सम्मेलनमा प्यानल डिस्कसनमा बोलाएर युवामा लगानी संगै अन्य विषयमा छलफल गरिएको थियो ।
युवाहरुलाई सकरात्मक उर्जा प्रदान गर्न र रोट्रयाक्ट र रोटरीको भुमिकाको बारेमा अवगत गराउनमा सहयोग पुगेको आयोजकले जनाएको छ । नेपालभर १ सय २७ वटा रोट्रयाक्ट क्लब रहेका छ्न । जसमा ८२ वटा क्लब कन्फरेन्समा सहभागी रहेको डिष्टिक्ट रोट्रयाक्ट रिप्रिजेन्टेटिभ (डिआरआर) स्नेहा शाक्यले बताईन ।
रोट्रयाक्ट क्लबका सदस्यहरुलाई हौसला प्रदान गर्न तथा ’युवामा लगानीमा’ विषयमा साझा पार्टिका संयोजक रविन्द्र मिश्रले आफ्नो जिवनी सहित पत्रकारिताको यात्रा देखि बिबिसि नेपाली सेवा र राजनीति यात्रा बारे उनले बताएका थिए ।
सम्मेलनमा प्यानलको थिम (वर्किंग टुगेदर कनेक्टींग द डट) मा समता फाउण्डेशन नेपालका कार्यकारी अध्यक्ष प्रदिप परियार, डेमोला फसिलिटेटर, डेमोला नेपाल संकायका उद्गम खड्का, रेडियो कान्तिपुरका उपसम्पादक दिवा भट्टराई र खोज पत्रकारिताकी केन्द्रकी अध्यक्ष नम्रता शर्माले सहकार्य बारे छलफल गरेका थिए ।
त्यस्तै अर्को प्लानल डिस्कसनमा विवेकशिल नेपाली दलकी रन्जु दर्शना, युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया, सफल व्यापारी सौरभ ज्योतिले युवामा लगानी विषयमा छलफल गरेका थिए । जसको मोड्रेट निवर्तमान डिआरआर सौगात गौतमले गरेका थिए ।
प्रतिक्रिया