चाँदीको भाउ मंगलबार घट्यो, सुन प्रतितोला ७६ हजारमा कारोबार

0
Shares

चाँदीको भाउ माघ १४ गते प्रतितोला ५ रुपैयाँले घटेको छ। सोमबार सुन चाँदी दुबैको मूल्य बढेको भएपनि मंगलबार सुनको स्थीर रहेपनि चाँदीको भने घटेको हो। मंगलबारका लागि चाँदी प्रतितोला ८९५ रुपैयाँ निर्धारण गरिएको छ । सोमबार ९०० रुपैयाँमा कारोबार भएको थियो।

सोमबार र आइतबार बढेको सुनको भाउ मंगलबार स्थीर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारका लागि छापावाला सुन प्रतितोला ७६ हजार रुपैयाँमा र तेजाबी सुन प्रतितोला ७५ हजार ७०० रुपैयाँ भाउ तोकिएको छ।

गत शुक्रबार २०० रुपैयाँले बढेको सुनको भाउ आइतबार ३०० रुपैयाँ र सोमबार प्रतितोला ५०० सय रुपैयाँले बढेको थियो।

प्रकाशित मिति: १४ माघ २०७६, मंगलबार  ११ : ३३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।