आरएसडिसी लघुवित्त वित्तीय संस्था (RSDC) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ४ करोड ६० लाख ८४ हजार रुपैयाँ खुद नाफा गरेको छ ।
जुन गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ६१.८१ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको यसै अवधिमा लघुवित्तले २ करोड ८४ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेपछि संस्थाको नाफा उच्चदरले बढेको हो । संस्थाले ३ अर्ब ४ करोड सापट लिएर ३ अर्ब २१ करोड कर्जा लगानी गरेको छ ।
लघुवित्तले खुद नाफामा आएको बढोत्तरीले प्रतिशेयर आम्दानी पनि बढेर १३ रुपैयाँ ७३ पैसा पुगेको छ । त्यस्तै, प्रतिशेयर नेटवर्थ ११६ रुपैयाँ ९४ पैसा छ । जसको मूल्य आम्दानी अनुपात २९.८७ गुणा छ ।
६७ करोड १५ लाख चुक्तापूँजी रहेको संस्थाको जगेडाकोषमा ११ करोड ३७ लाख जम्मा भएको छ । संस्थाले खराब कर्जा घटाएर ०.१९ प्रतिशतमा सीमित गरेको छ । तर कोषको लागत भने बढेको छ ।










प्रतिक्रिया