गोरखामा केन्द्रीय कार्यालय रही नेपाल स्टक सूचीकृत नरहेको सजिलो लघुवित्तले आइतबार सार्वजनिक गरेको वित्तीय विवरणको नाफा नोक्सान हिसाबमा त्रुटी नै त्रुटी भेटिएको छ ।
कम्पनीले आइतबार आर्थिक अभियान दैनिक पत्रिकामा सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक विवरणमा खुद ब्याज आम्दानीको हिसाबदेखि खुद नाफासम्मको जोडघटाउमा कुनैपनि योगफल तथा घटाउ मिलेको छैन। लघुवित्तको वित्तीय विवरण त्रुटीको चरम नमुना नै बनेको छ ।
यसले कम्पनीको वित्तीय विवरणमा विश्वास गर्नसकिने अवस्था देखिन्न। कम्पनीले प्रकाशन गर्ने यस किसिमको वित्तीय विवरणले अन्य कम्पनीको वित्तीय विवरणमा समेत विश्वास गर्न कठीनाई हुने अवस्था सिर्जना गरेको हो।
हाल १४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको लघुवित्तले जगेडा कोषमा ६४ लाख ८२ हजार रुपैयाँ राखेको छ। वित्तीय विवरण अनुसार लघुवित्तको ६ महिनाको नाफा अघिल्लो आवको यसै अवधिमा ४१ लाख ९१ हजार रहेकोमा ६४ लाख ८२ हजार पुगेको उल्लेख छ।
पुस मसान्तसम्मको वित्तीय विवरणमा कम्पनीले निक्षेप संकलन र कर्जा विस्तारलाई बढाउँदै ब्याज आम्दानी बढाएर खुद नाफामा समेत वृद्धि गरेको छ । यस अवधिमा लघुवित्तले अघिल्लो आवमा यसै अवधिमा रहेको ३ करोड ९६ लाखको लाख निक्षेप संकलनलाई बढाएर १४ करोड ८९ लाख रुपैयाँ पुर्याएको छ भने कर्जा प्रवाहतर्फ पनि ३९ करोड ७४ लाख रुपैयाँबाट बढाएर ९३ करोड ४४ लाख रुपैयाँ पुर्याएको छ।
खराब कर्जा अनुपात ०.१० बाट १.७४ प्रतिशतमा बढेपछि लघुवित्तले २ करोड ३ लाख नोक्सानी व्यवस्थामा खर्चिएको छ ।
गोरखामा केन्द्रीय कार्यालय रहेको यस लघुवित्तले सर्वसाधारणमा आईपीओ जारी गर्न बाँकी रहेको छ ।










प्रतिक्रिया