करेक्सनपछि बाउन्स ब्याक भएको शेयर बजार दुई साताभित्रै नयाँ उचाईमा

0
Shares

 

शेयर बजारमा सुधारिन थालेपछि गत माघ ५ गते नेप्से सूचक १हजार ३४३ बिन्दुमा पुगेको थियो । त्यसपछि बजारमा करेक्सन आउँदा ६७ अंकसम्म तल झरेको बजार दुईसातपछि फेरि १ हजार ३४४ अंक माथि पुगेको छ ।

आइतबार बजार खुलेदेखि नै बढेको नेप्से पहिलो आँधा घण्टामा १हजार ३४१ अंकसम्म पु्गेको थियो । त्यसपछि घटेको नेप्से १३३२ सम्म झर्यो । बजार केही घटेपछि खरिदको बिक्रीको चाप क्रमश बढ्दै जाँदा नेप्से १ हजार ३४४ बिन्दु पार गरेको छ ।

साढे दुई घण्टाको अवधिमा नेप्सेमा १७९ कम्पनीको एक अर्ब १८ करोड बराबरको शेयर किनबेच भएको छ । व्यपार बाहेक सबै समूह सकारात्मक रहेको बजारमा सूर्या लाइफको उच्च कारोबार भएको छ ।

नयाँ नेपाल र मिथिला लघुवित्तको शेयरमूल्य बढेर सर्किट लागेको बजारमा सबैभन्दा धेरै सिनर्जी हाइड्रोको शेयर मूल्य घटेको छ ।

प्रकाशित मिति: १९ माघ २०७६, आइतबार  १३ : ३९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।