सुनचाँदीको मूल्यमा गिरावट

0
Shares

बुधबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा सुनको मूल्य बुधबार ८०० रुपैयाँले घटेर प्रतितोला ७५ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ७४ हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरि चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेर प्रतितोला ८७५ रुपैयाँ कायम भएको छ ।

 

प्रकाशित मिति: २२ माघ २०७६, बुधबार  १२ : ०५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।