ङादी ग्रुप पावरले डाक्यो साधारण सभा, १० प्रतिशत लाभांश अनुमोदन हुने

0
Shares

ङादी ग्रुप पावर लिमिटेड (NGPL) ले फागुन २७ गते कम्पनीको छैठौं वार्षिक साधारण सभा आह्वान गरेको छ। अमृतभोग क्याटरर्स, कालिका स्थानमा बिहान १० बजे कम्पनीले सभा बोलाएको हो।

साधारण सभाले कम्पनी सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता पूँजी ५३ करोड ५५ लाख रुपैयाँको १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ।

साधारण सभाका लागि फागुन १५ गते शेयर खाखिर खारेजी मिति तोकिएको छ । यसअनुसार फागुन १४ गते बुधबारसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र लाभांश पाउनेछन्।

प्रकाशित मिति: ५ फाल्गुन २०७६, सोमबार  ०८ : ४९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।