सदनबाट बाफियाको पहिलो संसोधन विधेयक स्वीकृत, दुई प्रतिवेदन पेश

0
Shares

प्रतिनिधि सभाको बुधबारको बैठकले ‘ बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक’लाई स्वीकृत गरेको छ।

सदनको मङ्गलबार बसेको बैठकमा गणपूरक सङ्ख्या नपुगी निर्णयार्थ प्रस्तुत हुन नसकेको सो प्रस्तावलाई सभामुख अग्निप्रसाद सापकोटाले बुधबारको बैठकमा निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो ।

अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले ‘नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७६’ र शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीका तर्फबाट समितिका सदस्य जीवनराम श्रेष्ठले ‘राष्ट्रिय खेलकूद विकास विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७६’ सदनसमक्ष पेश गरेका छन्।

प्रकाशित मिति: १५ फाल्गुन २०७६, बिहिबार  ०९ : १७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।