बैंक अफ काठमाण्डूको २५ औं वार्षिकोत्सव सम्पन्न

0
Shares

बैंक अफ काठमाण्डू लिमिटेड (BOKL) ले आफ्नो २५औँ वार्षिकोत्सवको अवसरमा वार्षिकोत्सवका विभिन्न कार्यक्रमहरुको कार्यबिधी बनाई सञ्चालन गर्दै आईरहेको छ ।

जस अन्र्तगत बैंकको प्रधान कार्यालय सहित सम्पूर्ण शाखा कार्यालयहरुमा उत्सव स्वरुप सम्पूर्ण कर्मचारीहरुको उपस्थितिमा केक काटी वार्षिकोत्सव मनाइएको हो ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

प्रकाशित मिति: ३ चैत्र २०७६, सोमबार  १७ : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।